
काठमाडौं,१७ फागुन ।
अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोगअन्तर्गत युक्रेनलाई मिसाइल (क्षेप्यास्त्र) पठाउने बताएका हुन्। ।
मानवीय सहायताअन्तर्गत युक्रेनी सरकार र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई थप दुई करोड ५० लाख डलर बराबरको सहायता उपलब्ध गराउनेसमेत उनले बताएका छन्। । रुसलाई आर्थिक रुपमा नाकाबन्दी गर्दै एक्लाउन अष्ट्रेलियाले सो सहयोग गर्न लागेको समाचारहरुमा उल्लेख छ। एजेन्सी ।