हामीसँग जोडिनुहोस

डडेल्धुरामा जीप दुर्घटना हुदा १६ जना घाइते, तीनको अवस्था गम्भीर

1 मिनेट

काठमाडौं,१७ फागुन ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका– १ कोटेलीबाट जिल्ला सदरमुकाम बागबजार आउँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । से १ ज ४०१ नं को जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक दुर्घटनामा परेको हो।
घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यात्रुहरु काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए । जीपमा कति जना सवार थिए भन्नेबारे एकिन भएको छैन ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । अन्यलाई समान्य चोटपटक लागेको छ । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो । दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताउनुभयो । उनका अनुसार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।