
काठमाडौ, १७ फागुन ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको बताउनुभएको छ । काठमाडौँमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले सभामुख अग्नि सापकोटा सभामुख पदका लागि अयोग्य भएको टिप्पणी समेत गर्नुभएको छ । एमसीसी पारित गर्ने क्रममा सभामुखले असक्षम व्यवहार देखाएको, एमसीसी टेबल गराउनु परे आत्महत्या गर्ने भन्ने र गठबन्धनको इच्छा पूर्ति अनुसार काम गर्ने, दलको कार्यकर्ताको रूपमा भूमिका खेलेको ज्ञवालीको आरोप छ । ज्ञवालीले एमसीसी पारित गर्ने क्रममा प्रयोग भएको भाषा लगायतका विषयमा सत्ता गठबन्धनमा रहेका नेताहरूको अज्ञानता देखाएको दाबी समेत गर्नुभयो ।