
भक्तपुर, १७ फागुन : मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कमलधारामा आज भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज भएको छ ।
कमलधारा मिलिजुली हार्डवयेरको दक्षिण पट्टीको सटर अगाडि पेटीमा स्टिलको भाडो भित्र निलो प्लाष्टिकले कभर गरी बाहिर कालो र रातो तार निकाली उक्त भाडोलाई कालो टेपले बाधेर राखेको अबस्थामा शंकास्पद बस्तु भेटिए पछि प्रहरीले उक्त स्थानलाई सुरक्षित गरि सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल टोलीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।
सेना बम डिस्पोज गर्दा प्रसर कुकर भित्र दूई मिटरको विजुलीको तार, ईट्टाको धुलो, माटो र नो एमसीसी लेखिएकोे कागज फेला परेको उहाँले जानकारी दिनु भयो । उहाँले घटनाबारे थप अनुसन्धान भई रहेको बताउनु भयो ।