हामीसँग जोडिनुहोस

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने

1 मिनेट

काठमाडौ, १७ फागुन । 
नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । यद्यपि, यस्तो नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्व–घोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्ट भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिनेछ । तर, फारममा खरिद गर्न चाहेको रकम अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । बचतपत्र दुई वा दुई भन्दा बढी व्यक्तिको संयुक्त नाममा पनि खरिद गर्न सकिनेछ भने, नाबालकको नाममा खरिद गर्नुपरे संरक्षक रही खरिद गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।