हामीसँग जोडिनुहोस

६० जना प्रजातान्त्रिक योद्धाको जीवनी समेटिएको पुस्तक ‘बीरग्रन्थ’ आजबाट बजारमा

2 मिनेट

भक्तपुर, १७ फागुन : भक्तपुर निवासी नेपाली काँग्रेसका योद्धा एवं वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने लोकतान्त्रिक योद्धाहरुको संघर्षका यथार्थ विवरण समेटिएको पुस्तक ‘बीरग्रन्थ’ आजबाट बजारमा आएको छ ।

कायस्थले संकलन गरेर लेख्नु भएको पुस्तक ‘बीरग्रन्थ’ लाई सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन आहूति गर्ने शहिद एवं लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानकाबारेमा बिस्तृत चर्चा गरिएको पुस्तक प्रकाशक संस्था सुवर्ण स्मृति परिषदका अध्यक्ष उद्धव ढुङ्गानाले जानकारी दिनुभयो ।

आजबाट बजारमा आएको उक्त पुस्तकमा नेपालका प्रथम शहिद लखन थापादेखी वि. सं. १९९७, २००७, २०४६ हुँदै २०६२/०६३ को जनआन्दोलनसम्मका ६० जना शहिद तथा बीर योद्धाहरुको संघर्षका कथा समेटिएर प्रकाशनमा ल्याएको उहाँले जानकारी दिनु भयो ।प्रजातन्त्र प्राप्तिका लागि बीर योद्धाहरु एवं प्रजातन्त्र सेनानीहरुले गरेको शारीरिक एवम् मानसिक संघर्षका साथै राणादेखि राजासम्मले जनतामाथि गरेको दमन र जीवन भोगाईकाबारेमा पुस्तकमा जानकारी दिएको लेखक कायस्थले जानकारी दिनु भयो ।

लेखक कायस्थले भन्नुभयो, “नेपालको प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिको आन्दोलनमा राणादेखि राजासम्मले योद्धा र उनीहरुको परिवारलाई जेलमा दिइएको यातना, हत्या, जेलमै मृत्युवरण यथार्थता, जेलबाट छुटेपछि घर पुगेर भएका मृत्युदेखिदेखि बाल शहिदसम्मका जीवनलाई पुस्तकमा समेटिएर संग्रहित पुस्तक ‘बीरग्रन्थ’ पाठक माझ ल्याउन सफल भएका छौँ ।”

बीर योद्धाहरुको यथार्थ जीवनी संकलन गरेर पुस्तक तयार पार्न करिब चार वर्ष लागेको भन्दै लेखक कायस्थले पुस्तकको स्वरुपमा ल्याउन खोज, अनुसन्धान, ऐतिहासिक पुस्तक, श्रोत सामग्री एवं तत्कालिन पत्रपत्रिकाको अध्ययन गरेर यथार्थ रुपमा पुस्तकमा चित्रण गरिएको बताउनु भयो ।

पुस्तकमा ६० जना याद्धाको जीवनीलाई समेटिए पनि प्रजातन्त्रको आन्दोलनमा होमिएका अरु धेरै योद्धाहरुको यस्तै जीवनी समेटेर पुस्तक प्रकाशन गर्न यसको दोश्रो भाग पनि लिएर आउने प्रकाशक संस्था परिषदका अध्यक्ष ढुङ्गानाले बताउनु भयो । यो कृति लेखक कायस्थको १४ औं कृति हो भने उहाँले प्रजातन्त्र दिवसको अवसरमा यहीँ फागुन ७ गते ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी कोइराला’ पुस्तक सार्वजनिक गर्नु भएको थियो ।

यसअघि पनि उहाँका नेपाल भाषाका ‘योमरी’ (उक्ति संग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध संग्रह), ‘वयागु हाथ्या’ (कथा संग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘उत्सर्ग’ (कविता संग्रह), ‘कमला’ (कथा संग्रह), नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ (लेख संग्रह), ‘यौन ज्ञान मनोविज्ञान’ (लेख संग्रह), ‘शारदा’ (शोक काव्य), ‘लक्ष्मण रेखा’( निबन्ध संग्रह) प्रकाशन भइसकेको छन् भने जीवन दर्शन प्रकाशनको तयारीमा रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।