हामीसँग जोडिनुहोस

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

1 मिनेट

काठमाडौं,२४ फागुन ।
आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।
हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।
सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको हो । नेपालमा संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ ।
जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ ।
तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के गर्यो भन्ने गम्भीर रुपमा उठ्ने गर्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।