
काठमाडौं,२४ फागुन ।
रौतहटको नेपाली कांग्रेस जिल्ला सभापतिमा संस्थापन पक्षका सुनिल यादव विजयी भएका छन् । उनी १३ सय ६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतरका हृदयनारायण यादवले १ हजार ६४ मत ल्याएका छ्न् ।
त्यस्तै उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिंह र रामलोचन प्रसाद कल्वार विजयी भएका छ्न् । उनीहरुले क्रमशः १२ सय ८७ र १३ सय ८३ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सचिवमा संस्थापनका राजेशकुमार गिरीले १३ सय ९ मत ल्याएर विजयी भए भने संस्थापन इतरका रामचन्द्र गिरीले ११ सय ४२ मत ल्याएर विजयी भए ।
उपसचिव पदमा मोहमद फिरोज आलमले १३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १२ सय ४१ मत ल्याएर विजयी भएका छ्न् । उनीहरु दुवै संस्थापन पक्षका हुन् ।
बाँकी सदस्यहरुको मतगणना दिउँसो २ बजेपछि हुने निर्वाचन समितिले जनाएको छ । कुल मत २५ सय ९१ मध्ये २५ सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





