
काठमाडौं, २४ फागुन ।
सभामुख अग्निप्रसाद सापकोटाले महिलालाई हेर्ने दृष्टिकोणमा अस्पष्टता कायमै रहेको बताउनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना संदेश दिँदै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको उल्लेख गर्दै सभाउनले वर्तमानमा महिलाप्रति निर्माण गरिने सही दृष्टिकोणले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ । विभेदका विरुद्ध महिलाको विद्रोही चेत र कुशल नेतृत्व क्षमताका कारण २०७२ को संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको सभामुखको भनाइ छ ।