हामीसँग जोडिनुहोस

हत्या गरि परालले छोपेको अबस्थामा अर्धनग्न भेटएको महिलाको पहिचान खुल्योे

1 मिनेट

भक्तपुर, २४ फागुन :  चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको टहराभित्र अर्धनग्न अबस्थामा शव भेटिएको महिलाको पहिचान भएको छ ।

पहिचान खुल्न नसकेको एक महिलाको शव परालले छोपेको अबस्थामा भेटिएको रहेको भन्ने जानकारी प्रहरीलाई गएराती करिब १० बजे आएपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको टोली रातीनै घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

अर्धनग्न अबस्थामा भेटिएको शवको तत्काल पहिचान हुन नसकेपनि प्रहरीले आज पहिचान गरेको जानकारी दिएको छ । प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले हत्या भएको मृतक महिला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ की ३८ वर्षीय जेनिसा नगरकोटी रहेको खुलेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “मृतक महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट लागेको छ, शरीरका अरू भागहरूमा समेत काटेका चोटहरू छन्, अर्धनग्न अवस्थामा शव भेटिएको छ, घट्ना हेर्दा आइतबार बिहान करिब १२ बजे पछाडि हत्या गरि परालले छापेर हत्यारा फरार भएको हाम्रो अनुमान छ, अनुसन्धानको दायरा साँघुरो भएका छौँ, हत्यारा छिट्टै पत्ता लगाउँछौँ ।”

प्रहरीले मृतकको पति राजू लामासँग पनि सोधपुछ अगाडि बढाएको छ । घट्नास्थल आसपास क्षेत्रका बास्न्दिाहरुसँग पनि सोधपुछ अगाडि बढाएको छ । मृतक महिला घट्नास्थल आसपासको क्षेत्रमा मजदुरी गर्दै आएको र उसको पति पनि श्रमिकनै रहेको अनुसन्धानमा खुलेको उहाँले बताउनु भयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।