हामीसँग जोडिनुहोस

फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने

1 मिनेट

काठमाडौं, २९ फागुन ।
फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि सोमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप दिइने खबरमा उल्लेख छ । पहिले ८० वर्षमाथिका नागरिकलाई चौथो मात्रा दिइने र त्यसपछि अरू नागरिकको बारेमा पनि निर्णय लिइने प्रधानमन्त्री कस्टेक्सले बताउनुभएको छ ।
यसैबीच फ्रान्सले सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने नियम हटाएको छ । सरकारी कार्यालय, होटलररेष्टुरेन्ट, सिनेमा हल लगायतका ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएकोमा अब यस्तो नियम हटाइएको छ । तर कमजोर र वृद्धवृद्धाको स्वास्थ्यलाई ख्याल गरेर अस्पताल र अवकाश घरहरूमा भने कार्डलाई अझै अनिवार्य गरिएको छ । फ्रान्समा भोलिदेखि विद्यालय र काम गर्ने ठाउँमा मास्क लगाउन अनिवार्य गरिने छैन । तर सार्वजनिक यातायातमा यात्रा गर्दा भने मास्क अनिवार्य लगाउनुपर्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।