
काठमाडौं, २९ फागुन ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको साथ पाएर मात्रै नेकपा माओवादी केन्द्र शून्य सिट हुनबाट जोगिएको जिकिर गर्नुभयो । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दे सांसद् सुवालले २०७४ सालको चुनावमा नेपाली कांग्रेसको साथ पाएर मात्रै माओवादीको भोट जिरो हुनबाट बचेको बताउनुभएको हो ।
आगामी स्थानीय र संसदीय चुनावमा पनि माओवादीले कांग्रेसकै भोटमा केही स्थान सुरक्षित गर्न खोजेको सुवालको दाबी छ।