हामीसँग जोडिनुहोस

सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाज चल्न थाल्यो

1 मिनेट

काठमाडौं, २९ फागुन ।
सुदूरपश्चिमका तीन जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएपछि अहिले सेवा सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीको गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।
निगमले सुदूरपश्चिमका तीन जिल्लामा हवाई उडान सुरु गरेपछि यात्रुहरूलाई सहज भएको र सङ्ख्यामा पनि वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ । यसअघि यात्रु अभाव र जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा उडान भर्दै आएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।