हामीसँग जोडिनुहोस

चीनमा कोरोना सङ्क्रमण फेरि बढ्दै

1 मिनेट

काठमाडौं, २९ फागुन ।
चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ । अस्ति शुक्रवार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ । यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ । चीन सरकारले देशलाई शून्य कोरोना सङ्क्रमित देश बनाउने अभियान चलाए पनि पछिल्लो समय दिनदिनै सङ्क्रमित बढ्न थालेपछि चिन्ता थपिएको जनाएको छ । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।