
काठमाडौं, २९ फागुन ।
हप्ताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय एक दशमलव शून्य सात अङ्कले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । आज सबैजसो समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बैंकिङ ५४ दशमलव ७१, व्यापार एक सय १३, होटल तथा पर्यटन एक सय ५८ दशमलव ६९, विकास बैंक दुई सय १० दशमलव ५६, जलविद्युत् ७५ दशमलव ६५, वित्त एक सय सात दशमलव १, निर्जीवन बीमा पाँच सय ६७ दशमलव ८७, उत्पादन तीन सय आठ दशमलव ०६, अन्य ८६ दशमलव ६२, लघुवित्त एक सय ६३ दशमलव ७८, जीवन बीमा नौ सय २२ दशमलव १६, सामूहिक लगानी कोष शून्य दशमलव १७ र लगानी समूह तीन दशमलव ८१ अङ्कले उकालो लागेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला केही दिन दैनिक दुईदेखि तीन अर्ब रुपैयाँको मात्रै कारोबार हुने गरेकोमा आज दुई सय २८ वटा कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर चार अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।