हामीसँग जोडिनुहोस

नेपाललाई हामीले तीब्र विकास गर्ने देशको सूचीमा पुरायौं : ओली

1 मिनेट

काठमाडौं, २९ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास संस्कृति झल्कने र आधुनिकता टल्किने खालको हुनुपर्ने बताउनुभएको छ । यसको लागि आफू प्रधानमन्त्री हुँदा लिएको नीति अहिलेको सरकारले बिर्सिएको पनि बताउनुभयो । उहाँले यस्तो नीतिमा अहिलेको सरकारको ध्यानै नगएको पनि टिप्पणी गर्नुभएको छ । नेपाललाई आफूले तीब्र विकास गर्ने देशको सूचीमा पुराएको तर अहिले त्यो गति नै नभएको पनि बताउनुभयो । आफ्नो गतिलाई रोकिएको त्यो गति नै बिग्रिएको पनि उहाँले बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा भएको विकासको गति अलिहेको सरकारले अवलम्बन नै नगर्दा देशको अर्थतन्त्र संकटतर्फ गएको बताउनुभयो ।
नेकपा एमालेले आयोजना गरेको वर्तमान आर्थिक अवस्था, समस्या र समाधान विषयक एक कार्यक्रममा बोल्दै ओलीले कोभिड शुरु हुनु अगाडि तीब्र विकास गरिरहेको १० देशमध्ये नेपाल पर्ने गरेको र विश्व बैंकले पनि राइजिङ मुलुक भनेको तर्क गर्नुभयोे । उहाँले आफ्नो समयमा देशको अर्थतन्त्रको सूचक सकारात्मक रहेको तर्क गर्नुभएको छ । अहिलेको सरकारले दीगो विकास गर्ने नीतिलाई नै बिर्सिएको तर्क ओलीले गर्नुभयो । उहाँले आफूले जलमार्ग विकासको नीति, विमानस्थल विस्तार र क्षमता बृद्धिको काम शुरू गरेको पनि बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।