हामीसँग जोडिनुहोस

चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा छलफल हुन्छ : थापा

1 मिनेट

काठमाडौं, २९ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदो चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो । प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ । उहाँका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला–एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा चुनाव लड्ने र आफ्नै तागतमा चुनाव लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो हप्ताभित्र निर्णय हुने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो । महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबन्डाको अन्त्य गर्न खोजेको बताउनुभयो । पार्टीभित्र हुने भागबन्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उहाँको भनाइ थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।