
काठमाडौं, ३० फागुन ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज नेपाल आउने कार्यक्रम रहेको छ ।परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री नारायण खड्कासँग साउदी विदेशमन्त्री फैजलको मंगलबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।