
काठमाडौं, ३० फागुन ।
जनता समाजवादी दल (जसपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा हिजोदेखि राजधानीमा सुरु भएको सो बैठक दुई दिनसम्म चल्ने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष यादवले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ माथि केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको केन्द्रीय सदस्य रामबाबु यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनको प्रक्रिया, उम्मेदवार छनोटबारे मापदण्ड निर्धारण, निर्वाचनमा पार्टीले एक्लै उम्मेदवारी दिने या सत्ता गठबन्धनसँग अगाडि बढ्ने लगायतको विषयमा बैठक केन्द्रित हुनेछ । त्यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयसमेत बैठकको मुख्य विषयवस्तुको रूपमा रहेको छ ।