
काठमाडौं, ३० फागुन ।
पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ। ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दिनुभएको छ । ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसक्नुभएको् छ । ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित थपिने गरेका छन्। अमेरिकामा अहिलेसम्म ८ करोड बढी मानिसमा कोरोना संक्रमण भएको छ भने ९ लाख ९३ हजारको मृत्यु भएको छ।