
काठमाडौँ, ०३ चैत्र ।
रुस र युक्रेनबीच युद्ध टुंग्याउनका लागि भएको वार्तामा डोनबास क्षेत्रको विषयलाई प्राथमिकताका साथ चर्चा गरिएको एक युक्रेनी अधिकारीले बताएका छन्।
नाम नखुलाउने शर्तमा ती अधिकारीले पूर्वी युक्रेनको पृथक्तावादी क्षेत्रहरूमा युद्धपछि रुसी सैनिकहरू कहाँ रहने र ती क्षेत्रका सीमाहरू कहाँ निर्धारण गर्ने भनी कुराकानी भइरहेको बताएको छ ।
युक्रेनले रुससँगको सम्झौतामा आणविक शक्तिसम्पन्न एक वा बढी पश्चिमी शक्तिहरूलाई समावेश गर्नुपर्नेमा जोड दिएको पनि बताएको छ । त्यसबाहेक युक्रेनका लागि सुरक्षा प्रत्याभूति गर्ने कानूनी रूपमा बाँधिने दस्तावेजमा पनि हस्ताक्षर गर्न युक्रेनले अडान लिइरहेको छ । त्यसको बदलामा युक्रेनले आफू कुनै पनि सैन्य गठबन्धनमा नरहने गरी तटस्थ बस्ने विषयमा छलफल गर्न तयार रहेको बताएको छ । एजेन्सी ।