हामीसँग जोडिनुहोस

काठमाडौंको ऐतिहासिक कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम सकियो

1 मिनेट

काठमाडौँ, ०३ चैत्र ।
काठमाडौंको ऐतिहासिक कमलपोखरी पुनर्निर्माणको पहिलो चरण सकाएर पानी भरिएको छ । पहिलो चरणको काम सकिएसँगै बुधबार साँझ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निमित पोखरीको उद्घाटन गर्नुभएको छ ।
मेयर शाक्यले कमलपोखरी सौन्दर्यीकरण योजनाअनुसार चैत्यहरू राखिएको बताउनुभएको छ । सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्नका लागि पोखरी वरिपरि वृक्षरोपण गरिएको छ । कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पोखरी वरिपरि ठूलाठूला ढुंगा छापेर सिँढी बनाइएको छ । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । मण्डपमा पुग्न कलात्मक सिँढी बनाइएको छ । चार कुनामा साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौतारो बनाइएको छ । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट बनाइएको छ । अरू तीन कुनामा प्रवेशद्वार बनाइएको छ ।
करिब ६ करोड ३६ लाख रुपैयाँको लागतमा वास्तुशास्त्रमा आधारित रहेर पोखरी पुनर्निर्माण गरिएको मेयर शाक्यले बताउनुभएको छ । पोखरी पुनर्निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिएको महानगरले जनाएको छ । कमलपोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगतामैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिकस्थलसहितको डिजाइन बनाइएको थियो । डिजाइनबमोजिम काम गरिएको महानगरले जनाएको छ । दोस्रो चरणमा पोखरीको बाहिरी भाग प्रहरी वृत्त रहेको ठाउँ आसपासको काम गरिने महानगरले जनाएको छ । दोस्रो चरणको काम सकिएपछि सर्वसाधारणलाई प्रवेशका लागि खुला गरिने जनाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।