हामीसँग जोडिनुहोस

रामेछापको प्रसिद्ध शक्तिपीठ खाँडादेवी मन्दिरसम्म केबलकार निर्माण गर्ने योजना अलपत्र

1 मिनेट

काठमाडौँ, ०३ चैत्र ।
वाग्मती प्रदेश सरकारले बीपी राजमार्गको रातामाटादेखि रामेछापको प्रसिद्ध शक्तिपीठ खाँडादेवी मन्दिरसम्म केबलकार निर्माण गर्ने योजना अलपत्र परेको छ । रातामाटादेखि खाँडादेवी मन्दिरसम्म पुग्ने केबलकारका लागि प्रारम्भिक प्राविधिक प्रतिवेदनसमेत तयार छ ।
प्रतिवेदनले उक्त कार्यका लागि करिब साढे २ अर्ब लगानी लाग्ने अनुमान गरेको छ । झन्डै ९ किलोमिटर लामो केबलकार बनाउन प्रदेश सरकारले लगातार २ वर्ष बजेट विनियोजनसमेत गरेको थियो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले सरकारी लगानीमा केबलकार निर्माण गर्न नमिल्ने भएकाले अन्योल रहेको बताउनुभएको छ । तामाङका अनुसार मनकामना र चन्द्रागिरिमा केबलकार सञ्चालन गर्ने कम्पनीहरुसँग खाँडादेवीमा केबलकार निर्माणका लागि कुराकानी भएको तर उनीहरुले यहाँ सडक सुविधा भएकाले लगानी नउठ्ने हो कि भन्ने मनसाय व्यक्त गरेको बताउनुभएको छ ।
बीपी राजमार्गको रातामाटादेखि खाँडादेवी गाउँपालिकातर्फको सडक कालोपत्र भइसकेको छ । कालोपत्र सडकबाट मन्दिर केही मिनेटमै पुग्न सकिने भएकाले दर्शनार्थीलाई मन्दिर दर्शन सहज बनेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।