
काठमाडौं, ०९ चैत्र ।
साताको कारोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ । यो सँगै, सूचक २ हजार ६५१.४१ विन्दुमा आएको छ । यस अवधिमा ५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनीको ८३५ कित्ता सेयर खरिदबिक्री भएका छन् । ४ कम्पनीको मूल्य बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।