
काठमाडौं, ०९ चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व इमान्दार हुने हो भने राजनीति शुद्ध हुने बताउनुभएको छ । उहाँले नेतृत्व इमान्दार हुँदा राजनीतिप्रति नै विश्वसनियता बढ्ने पनि बताउनुभएको छ ।
राप्रपामा पूर्वडिन केशवराज अधिकारी, पूर्वकर्मचारी बलराम पौडेल, ठाकुर पण्डित, रवीन्द्रकेशरी पौडेल, आशिष पौडेल लगायतलाई प्रवेश गराउँदै उनले राजनीति गर्ने व्यक्ति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।