हामीसँग जोडिनुहोस

एमाले कम्युनिष्टमा मात्र होइन समग्रमा ठूलो पार्टी हो : एमाले अध्यक्ष ओली

1 मिनेट

काठमाडौं, ०९ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताउनुभएको छ । उहाँले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताउनुभएको छ ।
उहाँले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताउनुभएको छ ।
उहाँले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताउनुभएको थियो । उहाँले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताउनुभएको छ ।
उहाँले जनताको घरदैलोमा विकास र्पुयाउने स्थानीय सरकारले भएको बताउनुभएको छ । केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उहाँको भनाइ थियो।उहाँले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गर्नुभएको थियो ।
उहाँले पार्टीले चुनाव केन्द्रित ुसिपिएन युएमएलु नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताउनुभएको छ ।
केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने, राजनीतिक प्रतिवेदनमाथि छलफल, विभागहरू गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको बार्षिक क्यालेन्डरको तयारीलगायत विषयमा छलफल हुनेछ।
बिहीबारसम्म चल्ने बैठकमा पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियमबारे पनि छलफल गर्ने कार्यसूची छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।