
काठमाडौं, ०९ चैत्र ।
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
उहाँले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताउनुभएको छ ।
आज कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री खाणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गर्नुभएको हो । उहाँले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताउनुभएको छ । नागरिकतले आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न सक्ने उहाँको भनाइ थियो।
उहाँले आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभएको छ ।