हामीसँग जोडिनुहोस

भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने

1 मिनेट

काठमाडौं, ०९ चैत्र ।
बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली पाउन सकेन । भारतमा हरेक १५ मिनेटमा बिजुलीको भाउ फरक–फरक हुने गर्छ । ‘यसअघि हामीले प्रतियुनिट सात भारतीय रुपैयाँमा किन्दै आएको बिजुली हिजो १२ भारुमा पनि पाइएन, हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म भारतबाट आउने बिजुली बन्द भएको प्रवक्ता भट्टराईले भन्नुभयो । भारतबाट बिजुली आयात बन्द हुँदा उद्योगीहरूलाई बिजुली खपत कम गरिदिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
नेपालमा सुक्खायाम सुरु भइसकेकाले बिजुली उत्पादन कम भइरहेको छ । बर्खामा नेपालको उत्पादन क्षमता झन्डै दुई हजार मेगावाट पुगे पनि सुक्खा समयमा जम्मा आठ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । उच्च माग अर्थात् पिक डिमान्ड १६ सय मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।
अस्ति सोमवारसम्म प्राधिकरणले भारतबाट साढे चार सय मेगावाटसम्म आयात गरिरहेको थियो । भारतबाट बिजुली आयात रोकिएपछि नेपालमा माग धान्न मुीिकल परिरहेको छ । बुटबल, वीरगञ्जलगायतका केही औद्योगिक क्षेत्रमा उद्योगले मागेजति बिजुली पाउन सकेका छैनन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।