हामीसँग जोडिनुहोस

राससका फोटो पत्रकार श्रेष्ठको बिस्का जात्रा सम्बन्धि एकल फोटो प्रर्दशनी हुने

2 मिनेट

भक्तपुर, १९ चैत : राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रर्दशनी हुने भएको छ । आज ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बिस्केट जात्रामा मध्यपुरथिमि नगरक्षेत्रभित्र मनाइने बिभिन्न जात्राहरुको तस्विर भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा यहीँ २२ गतेदेखि २४ गतेसम्म बिस्का जात्रा सम्बन्धि एकल फोटो प्रर्दशनी गरिने जानकारी दिएको हो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसून्दर श्रेष्ठले कला, संस्कृति एवं जात्रा पर्वको संरक्षणमा टेवा पुर्याउदै आएको चर्चा गर्दै मध्यपुरथिमिका पत्रकार श्रेष्ठको बिस्केट जात्रा सम्बन्धी तस्विर प्रर्दशनीमा मध्यपुरथिमि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण, जगेर्ना र भौतिक संरचनाको पुर्ननिर्माणमा नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरेका छौँ, यहीँ सन्दर्भमा पत्रकार रत्नकृष्ण श्रेष्ठले मध्यपुरथिमिमा मनाइने बिस्केट जात्राको प्रचार गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने बताए पछि यसमा नगरपालिकाले सहयोगमा गर्ने भएको छ ।”

कार्यक्रममा पत्रकार रत्नकृष्ण श्रेष्ठले बिस्केट जात्रामा मध्यपुरथिमिमा धेरै जात्राहरु हुने भएपनि जिब्रो छेड्ने जात्रा मात्रै प्रचारमा आउने भएकाले यहाँका सबै जात्राकाबारेमा जानकारी दिएर भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न फोटो प्रर्दशनी गर्न लागेको बताउनु भयो ।

पत्रकार श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा मात्रै होइन, बिस्केट जात्रामा यहाँ बिहान, दिउँसो र राती फरक दिन फरक र आकर्षक जात्राहरु मनाइन्छ, सिन्दुर, ३२ खट, जिब्रो छड्ने, सिद्धिकाली, विष्णुबीर, रात्रीको चान्हेसिया, बालकुमारी, लागकू, नगदेश, हकुने लगायत निकै राम्रा जात्राहरु मनाइन्छ, जात्रा अगाडि फोटो प्रर्दशनी गरेर जानकारी गराउदै प्रतक्ष्य रुपमा जात्रा हेर्न आउनका लागि प्रोत्साहन गर्न यो फोटो प्रर्दशनी गर्न लागिएको हो ।”

प्रर्दशनीमा जात्रा सम्बन्धि फरक फरक महत्वका ७० वटा तस्विर राखिने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले थिमिको जात्राकोबारेमा जानकारी दिने एकल फोटो प्रर्दशनीले यहाँको जात्रा, पर्वको प्रचारका साथै पर्यटनलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।