हामीसँग जोडिनुहोस

अभिभावकलाई सचेतना गर्न मदरल्याण्डमा आयोजित अभिमुखीकरण सम्पन्न

3 मिनेट

भक्तपुर, १९ चैत । मदरल्याण्ड स्कुलले कोभिड–१९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम सम्पन्न गरेको छ ।

सुर्यविनायक नगरपालिका–९ भाते ढिकुरमा रहेको मदरल्याण्ड स्कुलले अभिभावकका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पछिल्लो समय कोभिडका कारण शैक्षिक क्षेत्र मारमा परेको चर्चा गर्दै शैक्षिक क्षेत्रले अब नयाँ सोच र अबधारणाका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

तीन तहका सरकार, ऐन कानुन अनुसार चल्नुपर्ने बताउदै उहाँले असल मान्छे बन्न शिक्षाको भुमिका मुख्य हुने भएकाले सोही अनुसार विद्यालय अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख थापाले सामुदायिक र संस्थागत शैक्षिक संस्थामा नगर र आफुले भेदभाव नगरेको बताउँदै उहाँले अहिले सबैले रिजल्ट मात्र चाहने भएकाले शिक्षा क्षेत्रमा अभिभावकद र देशले सोचे जस्तो रिजल्ट निकाल्न ठूलो मेहनत गर्नुपर्ने औल्याउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक किरण थापाले अहिले सामुदायिक, सस्थागत विद्यालयको जिम्मेवारी स्थानीय तहमा आएकाले शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिमा स्थानीय सरकार लागिरहेको बताउनु भयो ।

शैक्षिक गुणस्तरका लागि अभिभावकको पनि उतिकै जिम्मेवारी हुने भएकाले अभिभावकले पनि आफ्नो जिम्मेवारी भुल्न नहुने बताउदै उहाँले कोभिडको कारण पछिल्लो समय बालबालिकाको पढाइ र विद्यालय प्रभावित भएको बताउनु भयो । वडाध्यक्ष थापाले अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा चासो राख्नुपर्नेमा जोड दिदै उत्कृष्ठ नतिजाका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको जिम्मेवारी बराबर हुने बताउनु भयो ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका संस्थापक प्रिन्सिपल सञ्जय खड्काले स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँनु भयो । अभिभावकले पढपढ मात्र भनेर दवाव दिनुभन्दा पनि घरबाट नै असल संस्कारको विकास गराउदै अभिभावकले बालबालिकाहरुको हरेक कुरा सन्ने र साथीको व्यवहार गरी उनीहरुको मनोभावना अनुसार सही मागएमा लगाउनु पर्नेमा जोड दिनु भयो ।

प्रिन्सिपल खड्काले सरकारले अक्षरांक प्रणालीमा पनि ३५ प्रतिशत नकटाउने विद्यार्थीलाई फेल गराउने नियम लागु गर्न लागेकोमा विरोध जनाउँदै विद्यालय तहको मूल्याकंन विधि नै सुदृढ गर्नु पर्ने औल्याउनु भयो । शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने लक्ष्यका साथ काम गरिरहेकोे प्रिन्सिपल खड्काले बताउनु भयो ।

उहाँले आउँदो शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुर अन्तर्गत ‘पूर्व प्राथमिक तह स्तरोन्नति’ कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई समेत ध्यान दिदै सञ्चालन ल्याउन लागेको बताउनु भयो ।

चार कोठा घर लिएर खेल्ने सामग्री देखाउँदै किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार पारेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, तथा प्रहरी निरिक्षक शशी शर्माले वर्तमान अवस्थामा लागू औषध सम्बन्धि अपराध, असर, प्रभाव, यूवाहरु लागु औषध दुव्र्यसनीमा कसरी फस्छन्, सजाय, दीर्घकालीन असर तथा न्युनिकरण एवम् साइबर क्राइम, सामाजिक संजालमा व्याप्त विकृति बारे प्रस्तुतिकरण दिनु भएको थियो ।

कार्यक्रममा मोटिभेटेशन स्पिकर तथा लाइफ कोच डिआर पराजुली म्याग्नेटले बालबालिकाको अवस्था र अभिभावकको दायित्वबारे प्रस्तुति दिँदै कसरी अनुकरणीय अभिभावक बनेर कुन उमेरको बच्चासँग कसरी व्यवहार गर्ने भन्ने बारेमा प्रशिक्षण दिनु भएको थियो ।

यस्तै फिनिक्स मण्टेश्वरीका संचालक रिता घिमिरे तिमल्सिनाले महँगो शुल्क हुँदैँमा गुणस्तरीय शिक्षा नहुने भन्दै अभिभावकहरुले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा र उज्वल भविष्यका लागि महँगो शुल्क भएको स्कूल गुणस्तरीय हुन्छ भन्ने अवधारणा बदल्नु पर्नेमा जोड दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी सञ्चालिका शर्मिला देउजा, फोनिक्स मण्टेश्वरीका अर्की प्रशिक्षक रिता आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमेश्वर थापा लगायत ४१४ जनाको सहभागित रहेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।