हामीसँग जोडिनुहोस

श्रीलङ्कामा सङ्कटकाल हट्यो

1 मिनेट

काठमाडौं, २१ चैत्र ।
आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो ।
सङ्कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उहाँको सरकार अल्पमतमा परेको छ । राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् । श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । डिजलरपेट्रोल र बिजुली नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।