
काठमाडौं, २३ चैत्र ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंक घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार ४६.४६ अंक घटेर २ हजार ४ सय ५२.०६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.२६ अंक घटेर २ हजार ४ सय ५१.८१ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ । आज प्रि ओपन सेसनमा ४ स्टकको १ लाख ३५ हजार ८ सय २० रुपैयाँ बराबरको २ सय ५१ कित्ता शेयर खरिदबिक्री भएको छ ।