हामीसँग जोडिनुहोस

‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

1 मिनेट

काठमाडौं, २३ चैत्र ।
एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने यो ट्राभल लभस्टोरी फिल्ममा साम्राज्ञीले एक महत्वाकांक्षी युवतीको चरित्रमा अभिनय गर्दैछिन् । ‘अग्निदहन’बाट राष्ट्रिय फिल्म अवार्ड जितेका घनश्याम लामिछानेले फिल्मलाई निर्देशन गर्दैछन् । लामिछाने निर्देशित ‘धौली’ र ‘पञ्चेबाजा’ समीक्षकले रुचाएका फिल्म हुन् । लामिछानेले फिल्मलाई नयाँपुस्ताको प्रेमकथा पनि भएको बताउनुभएको छ । प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको हो ।
एबी इन्टरनेसनलले विदेशमा एकसाथ दुई फिल्मको सुटिङ गर्दैछ । जसमध्ये अनमोल केसी र सारा श्रीपाइलीको ‘हनीबनी’ पनि छ, जसलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । आगामी असारभित्र ‘हनीबनी’को छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिनुभयो । हनीबनी फिल्म छायांकन सकिएपछि मात्र ‘लण्डन टु पेरिस’ छायांकन सुरु गर्ने तयारी छ ।
एबी इन्टरनेसनलले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको छ । यो समूहले नेपालमा विदेशी फिल्म वितरणको काम पनि गरिरहेको छ । अक्षयकुमार स्टारर फिल्म ‘बच्चन पाण्डे’को वितरण यही समूहले गरेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।