हामीसँग जोडिनुहोस

आचारसंहिता पालना गर्ने एमालेको प्रतिबद्धता

1 मिनेट

काठमाडौं, २४ चैत्र ।
नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज बिहीवार निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो । लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो । चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्‍याउनुपर्नेमा जोड दिइएको पोखरेलको भनाइ छ । प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्ने एमालेको धारणा रहेको पोखरेले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न नपाउने विषयले अहिलेको सत्ता पक्षलाई मात्रै नभइ आउँदा दिनमा अरू सरकारका लागि पनि अप्ठेरो पर्ने भएकाले यसमा सहमत हुन नसकिने उहाँको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।