हामीसँग जोडिनुहोस

जनमैत्री कार्यक्रम गर्न एमाले अध्यक्ष ओलीको सरकारसँग आग्रह

1 मिनेट

काठमाडौं, २४ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि स्थानीय तहको चुनावमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ । नेकपा एमाले बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो ।
अध्यक्ष ओलीले अहिले देशको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले केही दिनअघि बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एकरएक लाख रुपैयाँ दिने घोषणा पनि गर्नुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।