हामीसँग जोडिनुहोस

उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउछु : मन्त्री बडू

1 मिनेट

काठमाडौं, २४ चैत्र ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ । आज उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नका लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो । मन्त्री बडूले जनताले राहत महसुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाउनुभयो ।
सरकारले कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि मन्त्री बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।