
काठमाडौं, २७ चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २९ गते वीरगञ्जमा आमसभा आयोजना गर्ने भएको छ। वीरगञ्जमा आज पत्रकार सम्मेलन गरी राप्रपा पर्साले २९ गते वीरगञ्जको घण्टाघरस्थित बीपी उद्यान पार्कमा आमसभा आयोजना गर्न लागिएको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै मंगलबार हुन लागेको राप्रपाको आमसभालाई सम्बोधन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेनसहित केन्द्रीय स्तरका नेता वीरगञ्ज आउने पत्रकार सम्मेलनमा राप्रपा पर्साका अध्यक्ष सुमेशवरनाथ उपाध्यायले जानकारी दिनुभएको छ । अध्यक्ष लिङदेनसँगै राप्रपाका नेता पशुपतिशमशेर जबरा, भुवन पाठक, विक्रम पाण्डेलगायत केन्द्रीय स्तरका नेता वीरगञ्जको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभएको छ ।