
काठमाडौं, २७ चैत्र ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भए पनि सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेको बताउनुभएको छ छ । अर्थतन्त्रको अवस्थाबारे एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताउनुभयो । अहिलेको सरकारले मौद्रिक नीति पनि नल्याउँदा भुक्तानी असन्तुलन बढेको खतिवडाले बताउनुभयो ।
‘बैंकिङ प्रणालीमा लगानीको वातावरण छैन । पैसा हराउने खेलमा सरकार लागेका कारण बैंकमा पैसा आएन। गठबन्धन टिकाउन संघदेखि प्रदेशसम्म अनेक संरचना खडा गरिएको छ। विकास मा खर्च गर्नुको साटो बजेटलाई गाडी घोडामा खर्च गरिएको छ,’ उहाँले भन्नुभयो ।