हामीसँग जोडिनुहोस

भारतमा सरकारी अधिकारीको भेषमा चोरहरूले ६० फिट लामो फलामे पुल चोरे

1 मिनेट

काठमाडौं , २७ चैत्र ।
भारतको बिहार राज्यमा चोरहरूले सिङ्गो पुल नै चोरेर लगेका छन् । हिन्दुस्तान टाइम्सले जनाएअनुसार बिहारको रोहतस जिल्लास्थित विक्रमगञ्ज उपजिलाको अमियावर गाउँमा चोरहरुले ६० फिट लामो फलामे पुल चोरेर लगेका हुन् । सन् १९७२ मा अरा नहरमाथि बनाइएको उक्त पुल १२ फिट अग्लो रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रहरीका अनुसार चोरहरु पिकअप भ्यान, ग्यास कटर, जेसीबी र अरु उपकरणसहित आएका थिए । चोरहरुलाई उक्त पुल काट्न तीन दिनको समय लागेको थियो । सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार केही चोरहरुले आफूहरूलाई सरकारी अधिकारी बताएका थिए । प्रहरीका अनुसार चोरहरुले पुल उखेलेर लैजान स्थानीय सरकारी अधिकारीको समेत सहयोग लिएका थिए । पछि चोरहरुले झुक्याएको थाहा पाएर स्थानीय सिँचाइ विभागका अधिकारीहरुले नस्रिगञ्ज प्रहरी चौकीमा उजुरी दिएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।