हामीसँग जोडिनुहोस

सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा : पूर्व अर्थमन्त्रीहरु

1 मिनेट

काठमाडौं, २७ चैत्र ।
नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टने अवस्थामा पुग्ने जनाएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निकै बुद्धि र्पुयाउर अर्थतन्त्र जोगाउनुपर्नेमा गभर्नरलाई नै हटाउने काम गरेर ठूलो जोखिम निम्ताएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफू माताहतका कर्मचारीलाई जस्तै चलाउन खोजेको आरोप लगाउनुभयो ।
यस्तै पूर्व अर्थमन्त्री तथा एमालेका सचिव सुरेन्द्र पाण्डेले अर्थतन्त्र सुधारको काम गर्न खोज्दा खोज्दै गभर्नरलाई हटाउन खोजेर सरकारले आफ्ना स्वार्थ पूरा गर्न खोजेको बताउनुभयो । रुस–युक्रेन युद्धका कारण संसारका धेरै देशले निकै सुझबुझ ढङ्गबाट काम गरिरहेको अवस्थामा नेपालको सरकार पटक्कै गम्भीर नरहेको उहाँको भनाइ छ । विदेशी विनिमय सञ्चितिको अवस्था, बढ्दो व्यापार घाटा, पुँजीगत खर्च, मूल्य वृद्धि लगायतका हरेक सूचक हेर्दा अर्थतन्त्र निकै समस्यामा पुग्न सक्ने सङ्केत देखिएकोले बेलैमा सरकारले उचित निर्णय लिनुपर्ने उहाँले बताउनुभयो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले यो सरकारको गठन भएदेखि नै अर्थतन्त्रलाई गलत ढङ्गले चलाउन खोज्दा अवस्था बिथोलिएको आरोप लगाउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।