हामीसँग जोडिनुहोस

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान हतियार दिने

1 मिनेट

काठमाडौं, २७ चैत्र ।
नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गर्नुभयो । सेनाले हतियारको साथमा हतियारमा लाग्ने विभिन्न सामग्री पनि प्रदान गरेको छ । गएको चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सेनाले १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।
पहिलो चरणमा सेनाले आज हतियार सशस्त्रलाई प्रदान गरेको हो । सेनाले नौ हजार थान इन्साफ राइफल र एक हजार ६ सय थान हल्का हतियार प्रदान गर्नेछ । बाँकी हतियार र सामग्री क्रमशः हस्तान्तरण गर्दै जाने र यसले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायबीचको सम्बन्ध थप बलियो हुने सेनाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।