
काठमाडौं,८ वैशाख ।
आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।