
काठमाडौँ,८ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटलले ९ विकेटको जित निकालेको छ । बुधबार राति बारबोर्नमा सम्पन्न भएको खेलमा दिल्ली क्यापिटलले पञ्जाबविरुद्ध सहज जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको पञ्जाबले पुरा २० ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफमा दिल्लीले १० ओभर तीन बेल खेल्दै ११९ रन बनाएर लक्ष्य पुरा गरेको हो।
दिल्लीका लागि २० बल खेलेका पृथ्वी शले सात चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका थिए। त्यस्तै, डेविड वार्नरले ३० बलमा ६० रन बनाए। दिल्लीको एकमात्र विकेट राहुल चहरले लिएका थिए।
त्यसअघि ब्याटिङ गरेको पञ्जाबका जितेस शर्माले सर्वाधिक ३२ रन बनाउँदा मयंक अग्रवालले २४ रन बनाएका थिए। त्यसक्रममा दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदिप यादवले समान २–२ विकेट लिएका थिए । एजेन्सी ।