
काठमाण्डौ, ०८ बैशाख ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिनुभएको छ । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिनुभएको हो ।
उहाँले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गर्नुभयो । उहाँले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गर्नुभएको छ ।