हामीसँग जोडिनुहोस

मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

1 मिनेट

काठमाडौं,८ वैशाख ।
काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले मेयरका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
मेयरका लागि सिफारिस हुनेमा कांग्रेसको महानगर समितिका सभापति एवं २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, वर्तमान उपमेयर हरिप्रभा खड्गी, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् ।
त्यस्तै उपमेयरका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा.अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ ।
काठमाडौं महानगरको मेयरमा कांग्रेसले सिर्जना सिंहलाई अगाडि सार्ने सम्भावना छ । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले मेयर लड्नकै लागि पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाएकी छिन् ।
काठमाडौंमा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमयेर पाउने सहमति गठबन्धनमा बनिसकेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।