हामीसँग जोडिनुहोस

‘ए मेरो हजुर ४’ले पहिलो साता कति कमायो ? (हेर्नुहोस्)

1 मिनेट

काठमाण्डौ, ०८ बैशाख ।
अनमोल केसी र सुहाना थापा अभिनित रोमान्टिक फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ ।
सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख ग्रस कमाएको उल्लेख गरेको छ । झरना थापा निर्देशित फिल्म अहिले मुलुकभर मल्टिप्लेक्स तथा सिंगल पर्दाहरुमा प्रदर्शन भइरहेको छ ।
वितरक गोविन्द शाहीका अनुसार ‘ए मेरो हजुर ४’ले पहिलो दिनमा ८८ लाख, दोस्रो दिनमा ६६ लाख, तेस्रो दिनमा ८९ लाख, चौथो दिनमा ४५ लाख, पाँचौं दिनमा ४१ लाख, छैटौं दिनमा ३६ लाख र सातौं दिनमा ३६ लाख कमाइ गरेको छ ।
डेढ सय हलबाट रिलिज भएको फिल्मले दक्षिण भारतीय फिल्म ‘केजीएफ ः च्याप्टर २’को कारण केही शो कम पाएको वितरक शाहीले बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।