हामीसँग जोडिनुहोस

सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

1 मिनेट

काठमाण्डौ, ०८ बैशाख ।
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो ।
उहाँले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री र्पुयाउने काम पनि भइरहेको उहाँले बताउनुभयो । वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदो ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।