
काठमाडौं, ११ वैशाख ।
आज एक अमेरिकी डलरको बिक्रीदर १२२।६८ रुपैयाँ र खरिददर १२२।०८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको खदिररबिक्रीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३२।५३ रुपैयाँ र खरिददर १३१।८८ रुपैयाँ तोकिएको छ । यस्तै, १५७।८३ रुपैयाँ बिक्रीदर तोकिएको पाउण्ड स्र्टलिङको खरिददर १५७।०६ रुपैयाँ छ ।
यस्तै, ८९।५५ रुपैयाँ बिक्रीदर तोकिएको अष्ट्रेलियन डलरको खदिर मूल्य ८९।११ रुपैयाँ कायम छ । यस्तै, ८९।७६ रुपैयाँ बिक्री मूल्य कायम सिंगापुर डलरको खरिद मूल्य ८९।३२ रुपैयाँ छ । १० जापानी येनको बिक्री मूल्य ९।५५ रुपैयाँ छ भने ९।५० रुपैयाँ बिक्री मूल्य छ । १८।८९ रुपैयाँ बिक्रीमूल्य रहेको चिनियाँ युवानको खरिद मूल्य १८।७९ रुपैयाँ छ ।
यसैगरी, ३२।७१ रुपैयाँ बिक्री मूल्य तोकिएको साउदी रियालको खरिददर ३२।५५ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३।५६ रुपैयाँ कायम हुँदा ३३।४८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३३।४० रुपैयाँ कायम हुँदा ३३।२४ रुपैयाँ खरिदमूल्य कायम भएको छ ।