हामीसँग जोडिनुहोस

त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता : केशव स्थापित

1 मिनेट

काठमाडौं, ११ वैशाख ।
काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभएको छ । आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताउनुभयो । उहाँले त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित अत्याधुनिक बनाउने बताउनुभयो ।
उहाँले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको र त्यसपछि अन्य कलेजहरूको सुधार गर्ने उहाँले बताउनुभयो । यसका लागि विभिन्न कलेज समेटेर एउटा संसद बनाउने र शैक्षिक सुधारका लागि सबै जिम्मेवारी महानगरले व्यहोर्ने उहाँको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।