हामीसँग जोडिनुहोस

ललितपुर महानगरमा काँग्रेस र माओवादी केन्द्रबीच भागवण्डा, अन्य दलबाट उम्मेदवारी दर्ता

1 मिनेट

ललितपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा आज आठ जनाले प्रमुख र दुई जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

ललितपुर महानगरका निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसारललितपुर महानगरमा प्रमुखमा राष्ट्रिय राष्ट्रिय जनमुक्ति पाटीबाट समि कपुर महर्जन, आमूल परिवर्तन मसिया पार्टीबाट सपना महर्जनले, राप्रपाबाट अष्टबहादुर महर्जनले, विवेकशिल साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ, राप्रपाले प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिम शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यसैगरि प्रमुखमै मौलिक जरोकिलो पार्टीबाट सपना श्रेष्ठले, नेकपा मालेबाट मोहनराज शाक्यले र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा भने राप्रपबाट स्वर्णिमा शाक्य र स्वातन्त्रबाट रत्न व्यजनकारले उम्मेदवारी दिनु भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ ।

यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सात वटै स्थानीय तहमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भएको छलफलमा भागवण्डा मिलेपछि नेकपा एकीकृत समाजवादीले भने ललितपुरमा भागवण्डा भित्र पर्न सकेन ।

भागवण्डा अनुसार ललितपुर महानगर प्रमुखमा नेपाली काँग्रेस, उपप्रमुखमा नेकपा माओवादी केन्द्र, महालक्ष्मी नगरपालिकामा प्रमुख माओवादी केन्द्र, उपप्रमुख काँग्रेस, गोदावरी नगरपालिकामा प्रमुख, उपप्रमुख दुबै नेपाली काँग्रेस, वाग्मति गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, कोन्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस र महांकाल गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरि सहमति भएको छ ।

दुई दलबीच भागवण्डा मिले पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा भने छलफल भइरहेको बताइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।